Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैतडीमा घर भत्किँदा एकको मृत्यु

बैतडी । घर भत्किँदा च्यापिएर बैतडीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका– १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ । वर्षाका कारण कमजोर भएको छानो राति एक्कासि भत्किँएको हो ।

प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । टोली पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077