Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कार रुखमा ठोक्किँदा दुर्घटना : दुई जनाको मृत्यु, चारजना घाइते

    कार रुखमा ठोक्किँदा दुर्घटना : दुई जनाको मृत्यु, चारजना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 870
    SHARES

    फाइल फोटो

    झापा । झापाको शिवसताक्षीमा कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

    मृत्यु हुनेमा कार चालक सप्तरी जिल्ला लेगडा–५ बस्ने ४४ वर्षीय बलराम यादव र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१० की ३० वर्षीया गीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ९१०८ नम्बरको कार अनियन्त्रित भई सडक किनारको बरको रुखमा ठोकिँदा सो घटना भएको प्रहरीले जनाएको छ ।



    कार दुर्घटना हुँदा कारमा सवार सबैजना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो ।

    जसमध्ये दुई जनाको मृत्यु भएको र बाँकी चार जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार