Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोठाटार गोलीकाण्ड : अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा विशेष समिति गठन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले अज्ञात समूहको गोली प्रहारबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार समितिमा प्रहरी उपरीक्षक (एसएपी) दिनशराज मैनाली, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द लगायत सदस्य छन् । समितिमा साइबर ब्यूरोका एकजना अधिकृतलाई पनि राखिएको छ ।

सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई गोली हानेर अज्ञात समूहले घाइते बनाएको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको सोमबार राति मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077