Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सरकारका प्रवक्ता कार्कीको विश्वास

काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार साँझ बालुवाटारमा गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे ।

उनले भने 'संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ । संविधातस् राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।'

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक हाल राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।

प्रतिनिधिसभाले विधेयक प्रमाणीकरण गरेर पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077