Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सरकारका प्रवक्ता कार्कीको विश्वास

    राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सरकारका प्रवक्ता कार्कीको विश्वास

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 729
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

    मंगलबार साँझ बालुवाटारमा गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे ।



    उनले भने ‘संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ । संविधातस् राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’



    प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक हाल राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।

    प्रतिनिधिसभाले विधेयक प्रमाणीकरण गरेर पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार