Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ७७ वटै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगको निर्णय

    ७७ वटै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । आउँदो मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्।

    निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने गरी निर्धारण गरेको हो ।



    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी प्रचलित कार्यविधिबमोजिम सबै जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि पायक पर्ने स्थानको सूची तयार भएको बताए।



    आयोगले मातहतका जिल्ला निर्वाचन कार्यालयमा उक्त सूची पठाएको छ ।

    प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९ को दफा ७ को उपदफा ३ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा तोकिने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार