Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति भण्डारीको निष्कर्ष - नागरिकता विधेयक प्रमाणीकरण नगर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने भएकी छन् । प्रमाणीकरणको लागि तोकिएको समयसीमा मंगलबार राति १२ बजेसम्म छ । समयसीमा सकिन दुई घण्टा पनि बाँकी नहुँदा त्यसका लागि राष्ट्रपतिले कुनै तयारी नगरेको स्रोतले बताएको छ ।

संसद्बाट दोस्रोपटक पारित गरेर पठाइएको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । तर, राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छन् ।

पाँचदलीय गठबन्धनले बहुमतको बलमा संविधान मिचेको तर्क गर्दै राष्ट्रपति नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी हुन् । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे त्यो स्वतः निष्क्रिय हुने र पहिलाकै व्यवस्था कार्यान्वयन हुने छ ।

नागरिकता विधेयक दोस्रोपटक दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि २० भदौमा राष्ट्रपतिकहाँ पठाइएको थियो ।यसअघि पहिलो पटक संसदको दुवै सदनबाट पारित भएर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै संसदमै फिर्ता पठाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077