Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छिन् । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि विधेयक राष्ट्रपति समक्ष पठाएको थियो ।

संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी हुन् ।

संविधानको धारा ११३ को व्यवस्थाअनुसार विधेयक प्रमाणीकरणका लागि १५ दिनको समय कटिसक्दा पनि राष्ट्रपति भण्डारी विधेयक प्रमाणीकरण नगरी ‘मौन’ बसेकी छन् ।

नागरिकता विधेयक पहिलोपटक प्रमाणीकरणका लागि पेस हुँदा राष्ट्रपति भण्डारीले सन्देशसहित (पुनर्विचारका लागि) फिर्ता पठाएकी थिइन्। तर, राष्ट्रपतिको सन्देशअनुसार विधेयकमा कुनै परिमार्जन भएन।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै विधेयक पारित भएर पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पेस भएको थियो। विधेयक दोस्रोपटक भदौ २० गते प्रमाणीकरणका लागि आएपनि राष्ट्रपति भण्डारीले १५ दिनसम्म होल्ड गरेर राखेकी थिइन्।

संविधानअनुसार १५ दिनको समय मंगलबार राति १२ बजे सकिएको छ। यसरी विधेयक दोस्रो पटक पनि प्रमाणीकरण हुन नसकेको र प्रतिनिधि सभाको चालु अधिवेशन पनि समाप्त भइसकेकाले अब यो विधेयक के हुन्छ भन्ने विषयमा चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077