Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पारेको टिप्पणी गरेका छन् । मंगलवार राति राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि डा. भट्टराईले यस्तो आक्रोश पोखेका हुन् । उनले भनेका छन्,'इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ ।' राष्ट्रपतिले संसदबाट २र२ पटक पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु,प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर विषय रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्,'राष्ट्रपतिले संसदबाट२/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु,प्रधानन्यायाधीस महाभियोगमा पर्नु,दलहरू आसेपासे पोस्न लाग्नु,बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन् । सबै जिम्मेवार बनौं ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077