Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो, भर्त्सना गर्दछु : रामचन्द्र पौडेल

    राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो, भर्त्सना गर्दछु : रामचन्द्र पौडेल

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 849
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् । बुधवार बिहान एक ट्वीट गर्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

    नागरिकता विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पुगेकोमा अन्तिम दिन मंगलवार पनि प्रमाणीकरण नभएपछि नेता पौडेलले आक्रोष पोखेका हुन् ।



    उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार भएको उनले बताएका छन् ।



    उनले भनेका छन्, ‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार