Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सामाजिक सुरक्षाको २० लाख हिनामिना गरेका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार राजेन्द्र बहादुर भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जुम्ला चन्दननाथ नगरपालिका पञ्जिकरण शाखा प्रमुख खरिदार भण्डारीले सामाजिक सुरक्षा भत्तासमेतको रकम हिनामिना गरेको आरोपमा आयोग बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सामाजिक सुरक्षा भत्तासमेतको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा भण्डारीले २० लाख अठहत्तर हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार भण्डारीले सो रकम बैंकमार्फत लाभग्राहीको खातामा जम्मा नगरी आफ्नो र आफ्नो नाबालक छोराको खातामा जम्मा गरेको पाइएको हो।

भण्डारीले आ. व. २०७४।०७५ देखि आ. व. २०७६।०७७ सम्म सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077