Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नागरिकता विधेयक पास नगर्न आदेश मागिएको रिट सर्वोच्चद्धारा खारेज

    नागरिकता विधेयक पास नगर्न आदेश मागिएको रिट सर्वोच्चद्धारा खारेज

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 879
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

    संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको रिट न्यायाधीश अनिल सिन्हाको इजलासले खारेज गरेको हो ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै पठाएको विधेयकमाथि संसदको दुवैसदनले परिमार्ज नै नगरि हतार(हतार पास गरेर प्रमाणिकरण गर्न पठाएको वरिष्ठ अधिवक्ता भण्डारीको निवेदनमा उल्लेख थियो ।



    उक्त रिट सुरूमा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । दरपीठविरूद्ध भण्डारीले अर्को निवेदन दिएका थिए । इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएपछि दर्ता भएको रिट बुधबार न्यायाधीश अनिल सिन्हाले खारेज गरिदिएका हुन् ।

    दोस्रोपटक दुवै संसदले पुनर्विचार गरी पारित गरेर पुनः पेश गरेको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने व्यवस्था छ। तर, राष्ट्रपति भण्डारीले संविधान अनुसारको कर्तव्य पालना नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार