Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डा. केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना, बेड नम्बर ५०१ मा उपचार सुरु

काठमाडौं । आमरण अनशन बसेका डा. गोविन्द केसीलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ माग राखी ९ दिनदेखि अनशनरत छन् ।

स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि धनगढीबाट श्री एयरलायन्सको नियमित उडानबाट बुधबार साँझ उनी काठमाडौं आएका थिए ।

धनगढीमा अनसन बसिरहेको डा. केसीले आफ्नै खर्चमा केही स्वास्थ्यकर्मीसहित काठमाडौं आएको बताइएको छ ।
उनी अहिले त्रिवि शिक्षण अस्पतालमा थप उपचारका लागि भर्ना भएका हुन् ।

अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भएलगत्तै केसीको उपचार शुरु गरिएको छ ।

उनको उपचारका लागि अस्पतालले डाक्टर प्रमेशसुन्दर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपचार व्यवस्थापन समिति गठन गरेको छ । उनलाई लिन मंगलबार धनगढी पुगेको नेपाली सेनाको हेलिकप्टर भने रित्तै फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077