Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कपनको ट्रेकिङ अफिसमा आगलागी हुँदा दुई जनाको मृत्यु

    कपनको ट्रेकिङ अफिसमा आगलागी हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ ।

    बुधबार साँझ बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको सनाखत हुन बाँकी रहेको छ ।



    घरको माथिल्लो तलामा रहेका केहीलाई प्रहरीले उद्धार गरेको छ ।



    दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा आएको छैन ।

    स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको थियो । घटनाको विस्तृत विवणरण आइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार