Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अवैध रूपमा ल्याउँदै गरेको सुनसहित तीन जना पक्राउ

काठमाडौं । अवैध रूपमा ल्याउँदै गरेको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनजना पक्राउ परेका छन् ।

बुधबार दिउँसो दुबईदेखि काठमाडौं आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो।

विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैंचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवराज बम छन्।

पक्राउ परेकाहरूबाट भन्सार छली ल्याएको एकरएक थान सुनको सिक्री र एक/एक थान औंठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी मधुकुमार पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077