Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिंघानिया हत्याका मुख्य योजनाकार सञ्जयको जन्मकैद फैसला उच्च अदालतले गर्‍यो सदर

जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य योजनाकार सञ्जय कुमार साहलाई जिल्लाले गरेको जन्मकैदको फैसलालाई उच्च अदालत जनकपुरले सदर गरेको छ ।

न्यायधीश द्वय प्रमोद कुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले सिंघानिया हत्याका योजनाकार साहलाई जन्मकैद जिल्लाको फैसलालाई नै सदर हुने गरी आदेश दिएको हो ।

२०६६ फागुन १७ मा होली पर्वको दिन जनकपुर टुडेका प्रकाशनका सञ्चालक सिंघानियालाई जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो । सिंघानिया हत्याका बेला साह भौतिक पूर्वाधार राज्यमन्त्री थिए ।

उच्च अदालतको इजलास नं.३ मा आठदिन चलेको बहस सुनुवाई पश्चात बुधबार उच्च अदालतले यस्तो आदेश गरेको हो ।  न्यायधीश द्वय प्रमोद कुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्लाको फैसलालाई नै सदर हुने गरी आदेश दिएको हो ।

सो मुद्दामा २०७६ साल असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । साहले सोही फैसलामा असन्तुष्टि जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077