Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेमगीत–३ भारतका ५ सय हलमा एकैसाथ प्रदर्शन हुँदै

काठमाडौंं । नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी भर्सन भारतका पाँच सय हलमा एकैसाथ रिलिज हुने भएको छ।

शो पाएका अधिकांश भारतीय हलले बुकिङ खुलाइसकेको बलिउड हंगमाले जनाएको छ।

७ असोजदेखि नेपालमा समेत प्रदर्शनमा आउन थालेको प्रेमगीत–३ लाई भारतीय दर्शकले ७५ रुपैयाँ भारुमा हेर्न पाउनेछन्।

नेपाल र भारतसहित प्रेमगीत–३ युएई, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया र युरोपका अन्य देशसहित ५०० स्क्रिनमा रिलिज हुनेछ।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुँदै छ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, प्रेम पुरीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077