Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

वीर अस्पताल अगाडिका औषधि पसल भत्काउने भएपछि व्यवसायीले मागे सात दिनको समय

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउने भएपछि व्यवसायीहरुले कम्तीमा सात दिनको समय मागेका छन्।

महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली गर्न माइकिङ गरेपछि व्यवसायीहरुले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न समय लाग्ने भन्दै कम्तीमा सात दिनको समय दिन माग गरेका हुन्।

वीर अस्पताल अगाडि नक्सा पास नभएको संरचनामा पाँच वटा औषधि पसल सञ्चालनमा छ।

महानगरले भने यसअघि नै ३५ दिनको सूचना जारी गरेको थियो ।

वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077