Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

मकवानपुर ।  मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना.३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077