Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संविधानमाथि प्रहार गरेको भन्दै पत्रकार महासंघले माग्यो राष्ट्रपतिको राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघले विद्यादेवी भण्डारीले संविधानमाथि प्रहार गरेको भन्दै उनको बिरोध गरेका छन् ।

महासंघले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाको उल्लंघन भएको भन्दै दीर्घकालीन समाधानका लागि निकास दिन भन्दै राष्ट्रपति भण्डारीको राजीनामा नै मागेको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान घोर उल्लंघन गरेको भन्दै विधिको शासनमाथि प्रहार भएको महासंघको ठहर छ ।

महासंघले भनेको छ, ‘जनताका प्रतिनिधिको सर्वोच्च संस्था संघीय संसदले बनाएका विधेयक वा अन्य कानूनहरू सही वा गलत भनेर टिप्पणी गर्ने अधिकार आमनागरिकलाई भएपनि विधिको शासनलाई पालना गर्नु राष्ट्रपतिदेखि आमनागरिकसम्म सबैको जिम्मेवारी हुन्छ । संविधानमाथि प्रहार भएको यो अवस्थाको दीर्घकालीन समाधानका लागि राष्ट्रपतिले निकास दिनुपर्ने मत महासंघको छ’ ।

महासंघको नेतृत्वमा सत्तारुढ पाँचदलीय गठबन्धनले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077