Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई आजीवन कैद

एजेन्सी । चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई घुस लिएको अभियोगमा आजीवन कैद गरिएको छ । विगतमा भ्रष्टाचारविरुद्धका थुप्रै अभियानको नेतृत्व गरेका उनलाई घुस लिएको अभियोगमा कारावास चलान गरिएको हो ।

उनलाई गत जुलाईमा व्यक्तिगत फाइदाका लागि उपहार र नगद १ करोड ४७ लाख अमेरिकी डलर घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो ।

बिहीबार चाँगचुनस्थित एक अदालतले दुई वर्षपछि उनलाई सुनाइएको मृत्युदण्ड आजीवन कारावासमा परिवर्तन हुनेगरी निर्णय सुनाएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको आगामी महिना बस्ने कंग्रेसको सम्मुख अचानक थुप्रै अधिकारीहरूमाथि छानबिन सुरु भएकोबेला उनलाई यो सजाय सुनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077