Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसका युवा नेता भण्डारीद्वारा कैलाली कारागारमा स्वास्थ्य सामाग्री वितरण

कैलाली । नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका दाबेदार क्षितिज भण्डारीले कैलाली कारागारमा सेनेटरी प्याड र स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

कांग्रेसका युवा नेतासमेत रहेका भण्डारीले आफ्ना बाजे स्वर्गीय डिल्लीराज भण्डारीको स्मृतिमा ६१८ कैदीबन्दीलाई सेनेटरी प्याड र स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

युवा नेता भण्डारीका अनसार नेपालको कारागारमा कानुनी परामर्शको अभावमा देखिएको छ । आफूले चुनाव जितेपछि जेलको स्तरोन्नती गरेर कारागारलाई तालिम गृह बनाउने उनले बताए ।

कार्यक्रमका आयोजक श्री रविशंकरको आर्ट अफ लिभिङ्गका सुदुरपश्चिम प्रदेश सयोजक नवीन ओझाले भण्डारीको गृह मन्त्रालयको अनुमति लिएर कैदीबन्दीलाई सहयोग गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077