Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाका नेता श्रीपाइली एमालेमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गरेका हुन् ।

श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको एमालेविरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथाशक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको बताए ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका श्रीपाइलीको करिब तीन दशकको राजनीतिक जीवन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077