Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महानगरलाई उच्च अदालतले भन्यो- घरलाई क्षति पुग्नेगरी टुकुचा खोलामा काम नगर्नु

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको खोजी कार्य द्रुत गतिमा अगाडि बढाएको छ।

तर, महानगरको उक्त खोजी कार्यलाई उच्च अदालतले भने एकपछि अर्को अन्तरिम आदेश दिएर ‘ब्रेक’ लगाउन लागेको छ।

उच्च अदालतले टुकुचाको जग्गाका हकमा असोज २६ गतेसम्म केही नगर्नू भनी काठमाडौं महानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

महानगर टुकुचा खोलामाथि निर्मित संरचना भत्काउने क्रममा थियो । त्यसविरुद्ध प्रेसिडेन्ट ट्राभल्स मुद्दामा गएको थियो ।

उच्च अदालतका पाटनका न्यायाधीश अमृत बस्नेत र दुर्गा विश्वकर्माको संयुक्त इजलाशले ‘घरलाई क्षति पुग्ने गरी काम नगर्नू’ भन्ने आदेश दिएको निवेदकका कानुन व्यवसायी ललित बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार, अदालतले महानगरलाई निर्णयका डकुमेन्टसहित अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077