Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सिटका विषयमा सभापतिलाई दबाब दिन शेखर पक्षधरको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज बसिरहेको छ।

दोस्रो तहका नेताहरुको बैठक आज गरेपछि भोलि कोइरालासहित पदाधिकारीहरुले छलफल गर्ने बताइएको छ।

पार्टीको समानुपातिक सूचीप्रति असन्तुष्ट रहेको कोइराला पक्षले प्रत्यक्षतर्फ पनि १ सय भन्दा कम सिट नलिन पार्टी नेतृत्वलाई दबाब दिँदै आएको छ।

सता गठबन्धनमार्फत् पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सिट बाँडफाँट टुंग्याउने अन्तिम कसरत गरिरहँदा पार्टीभित्र कोइराला पक्षले दबाब बढाउन थालेको हो।

जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077