Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

संविधानको संरक्षकबाटै खुलेआम संविधान मिच्ने काम भयो : माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले जानी–बुझी संविधान मिचेको बताएका छन् ।

अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संरक्षकबाटै खुलेआम संविधान मिच्ने काम भएको बताएका हुन् ।

उनले संविधानको रक्षकबाट जानी–बुझी संविधान मिच्ने काम भएकोले प्रतिगमनको खतरा बढेको बताए। परिवर्तनका पक्षधरहरू सडकमा नजाने हो भने प्रतिगमनका फँणाले डस्न सक्ने उनले बताए ।

प्रचण्डले भने, ‘अमूर्त कुरा गरेको होइन संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको छ । जानी–बुझी संविधान मिच्ने काम भइरहेको छ । यसलाई रोक्न जनताको पहलले मात्र सकिन्छ, सडकमा जानुपर्ने हुनसक्छ ।’

प्रतिनिधि सभा विघटनमार्फत संविधानका उपलब्धि उल्टाउने खेल असफल भए पनि परिवर्तन नचाहने तत्वले फेरि षडयन्त्र शुरू गरेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077