Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता

काठमाडौं । गायिका जेरुसा राई ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएकी छन् ।

३० वर्षीया राई आफ्नी आमाको साथमा ललितपुरको सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् ।

त्यसपछि खोजतलासमा लागेको प्रहरीले अहिलेसम्म उनको अवस्था पत्ता लगाउन सकेको छैन ।

जेरुसा राई युट्युबबाट चर्चित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077