Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रियाशील पत्रकारिता पुरस्कारबाट जोशी सम्मानित

काठमाडौं । पत्रकार मनोज जोशी प्रेस काउन्सिल नेपालको क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित काउन्सीलको ५३ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहमा राष्ट्रपति बिधादेवी भण्डारीले जोशीलाई उक्त पुरस्कारबाट सम्मान गरेकी हुन् ।

काउन्सिलको भदौ ३१ गते बसेको बैठकले जोशीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको थियो । दुई दशक देखि पत्रकारिता गरिरहेका जोशीले नेपालका प्रमुख टेलिभिजनहरुमा काम गरिसकेका छन् ।

हाल उनी एपीवान टेलिभिजनमा समाचार बाचन, संकलन र अन्तरवार्ताकारका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077