Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टोपबहादुर रायमाझीले भने - माओवादीहरु आत्तिएर प्रचण्डसँग भेटेको झूटो प्रचार गरे

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादीहरु आफुसँग आत्तिएको बताएका छन् ।

सचिव रायमाझीले सामाजिक संञ्जालमा प्रेस नोट जारी गर्दै आत्तिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेको झूटो प्रचार गरेको बताएका हुन् ।

सचिव रायमाझीले एक प्रेस नोट जारी गर्दै माओवादी केन्द्रमा प्रवेश गर्न लागेको भनेर केही मान्छेहरुले गलत हल्ला फैलाएको भन्दै त्यस्ता गलत हल्ला र भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

रायमाझीले लेखेका छन्, ‘अहिले मेराविरुद्ध विभिन्न षड्यन्त्रहरु भएका छन् । एमालेमा मेरो सक्रियता र एमालेप्रति जनताको बढ्दो विश्वासबाट अत्तालिएकाहरु मेरोविरुद्ध कु्प्रचार गरेर रमाउन खोजेका छन् । यस्तो घृणित कार्यको निन्दा गर्छु ।’

माओवादीकै नेताहरूले यसरी गलत प्रचार गरेको र यसले उनीहरूलाई नै नोक्सान पुग्ने रायमाझीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077