Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भ्युटावर बनाउने भन्दै १५ लाख अनियमितता गर्ने सामुदायिक वनका पदाधिकारीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्युटावर बनाउने भन्दै अनियमितता गर्ने सामुदायिक वनका पदाधिकारीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

आयोगले बाँकेको कोहलपुर नगरपालिका वडानम्बर ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

समूहले भ्युटावर निर्माणमा १५ लाख ८ हजार ६०९ रुपैयाँ अनियमितता गरेको भन्दै आयोगले तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

भ्यु टावर निर्माणका लागि लागत इष्टिमेट, नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार नगरी भ्युटावर निर्माणमा १५ लाख ८ हजार ६०९ रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले शुक्रवार मुद्दा दर्ता गरेको हो ।

आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ मा भ्युटावर निर्माणको लागि वन उपभोक्ता समूहले प्राविधिक विज्ञको सहयोग नलिई १५ लाख ८ हजार ६०९ खर्च गरी गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरेको अख्तियारको दाबी छ ।

जसबाट सार्वजनिक सम्पत्तिको हानी-नोक्सानी गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । अख्तियारले भ्युटावर निर्माण गर्ने वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष विनुकुमारी पाण्डे र सचिव दिलमाया रानालाई प्रतिवादी बनाई शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077