Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा राष्ट्रपतिको पुत्ला दहन, प्रहरी र कार्यकर्ताबीच झडप

राजविराज । नागरिकता विद्येयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको बिरोधमा राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुत्ला जलाएका हुन्।

पुतला जलाउने क्रममा प्रहरी र जनमतका नेताबीच घम्सासम्सीको भएको छ । सोही क्रममा जनमतका युवा नेता उदयनाथ मण्डल घाइते भएका छन् ।

राष्ट्रपतिबिरुद्ध नाराबाजी गर्दै उनीहरुले शुक्रबार सदरमुकाम राजविराजस्थित जनआन्दोलन चौकमा राष्ट्रपति भण्डारीको पुत्ला जलाएका हुन् ।

पुत्ला जलाउने क्रममा जनमतका जिल्ला अध्यक्ष ममता झा सहित नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077