Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

घोषणापत्रका लागि विभिन्न माध्यममार्फत सुझाव दिन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रका लागि सर्वसाधारणबाट सुझाव संकलन गर्ने भएको छ ।

शुक्रवार सूचना प्रकाशित गर्दै कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई विभिन्न माध्यमबाट सुझाव मागेको हो ।

विभिन्न प्रविधिमार्फत कांग्रेसका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने घोषणापत्र तयारी समितिका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

ह्वाट्स एप, भाइबर, इमो, आफ्नो आवाज रेकर्ड गरेर, डिजिटल फर्म, इमेल, ट्विटर, फेसबुकबाट सुझाव पठाउन सकिने प्रकाशित सूचनामा भनिएको छ । उपयुक्त सुझावलाई घोषणापत्रमा समावेश गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077