Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप कमजोर

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको मागसहित अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । विगत ११ दिनदेखि कैलालीको धनगढीबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको हो ।

विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जानकारी दिए ।

उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा केसीले अस्वीकार गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डा. केसीको दिसामा रगत देखिने समस्या देखिएपछि अस्पतालमा भर्ना गरेपछि अहिले भने दिसामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ । डा. केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि यही असोज ६ गते बेलुका अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077