Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उद्योगमन्त्री बडू र युरोपियन युनियनका सांसद ख्राबबीच भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपाल भ्रमणमा रहेका युरोपियन युनियनका सांसद म्याक्सिमिलियन ख्राबबीच भेटघाट भएको छ ।

भेटका क्रममा नेपाल र युरोपियन युनियनको आर्थिक तथा कुटनीतिक सम्बन्ध, नेपालको राजनीतिक तथा आगामी मंसिरमा हुने प्रतिनिधिसभा– प्रदेशसभा निर्वाचन लगायनका विषयमा छलफल भएको हो ।

मन्त्री बडूले इयूले नेपालको शान्ति प्रक्रिया र आर्थिक सामाजिक विकासमा गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालको विकास प्राथमिकताका क्षेत्रमा लगानी अभिबृद्धिका लागि सांसदको रुपमा पहल गर्ने विश्वास व्यक्त गरे ।

सांसद ख्राबले विगतदेखि नै नेपाल र इयूबीचको सम्बन्ध प्रगाढ रहँदै आएको स्मरण गराउँदै शान्ति, लोकतन्त्र र विकासका लागि इयूले नेपालसँग सधैं सहकार्य गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077