Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गठबन्धनका नाममा प्रचण्ड र नेपाललाई दायाँ बायाँ राखेर देउवाले पार्टीभित्रको इतर समूहलाई नामेट पार्न खोजे : आचार्य

    गठबन्धनका नाममा प्रचण्ड र नेपाललाई दायाँ बायाँ राखेर देउवाले पार्टीभित्रको इतर समूहलाई नामेट पार्न खोजे : आचार्य

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 708
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनोजमणी आचार्यले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नाममा पार्टीभित्रको इतर समूहलाई नामेट पार्न खोजेको आरोप लगाएका छन् ।

    कांग्रेस एक्लै लड्दा बहुमतनजिक पुग्ने अवस्था रहे पनि सभापति देउवाले प्रचण्ड–नेपाललाई च्यापेर आफ्नै पार्टीका नेताहरुलाई भने बढार्न खोजेको उनको दावी थियो ।



    शनिवार काठमाडौंमा आयोजित शेखर कोइराला पक्षको खबरदारी सभालाई सम्बोधन गर्दै आचार्यले टिकट वितरण न्यायोचित हुनुपर्ने बताए ।



    न्यायोचित वितरण नभए ४० प्रतिशत कोइराला पक्षलाई चाहिने बताउँदै उनले भने– हामीले ल्याएको ४० प्रतिशत मत के को लागि हो ? महामन्त्रीले ल्याएको ३ हजार मतबारे बोल्नुपर्छ कि पर्दैन ? हामीलाई कि त न्यायोचित वितरण चाहियो नत्र ४० प्रतिशत चाहिन्छ,चाहिन्छ र चाहिन्छ । हिजो शेरबहादुरलाई ४० प्रतिशत चाहिने हो भने भने आज शेखर पक्षलाई किन नचाहिने ? अब यो यात्रा देशभर चल्छ ।’

    शेखर कोइराला पक्षले नेपाली कांग्रेसको टिकट वितरणमा ४० प्रतिशत हिस्सा नपाए देशभर विद्रोह गर्ने चेतावनी दिएको छ ।

    आचार्यले शेरबहादुर देउवालाई दायाँतिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बायाँतिर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भए पुग्ने भन्दै पार्टीभित्र कसैलाई टाउको र कसैलाई पुच्छर मात्र खा भन्ने तरिका अब नचल्ने बताए ।

    नेता आचार्यले सभापति देउवालाई प्रचण्ड र नेपाल वाहेक उपेन्द्र यादव र चित्रबहादुर केसी भए देशका नेता र कार्यकर्ता नचाहिने रहेछ भन्ने पनि पुष्टि भएको दावी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार