Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कांग्रेस केन्द्रीय समितिको बैठक सरेपछि शेखर समूहको बैठक पनि सर्‍यो

    कांग्रेस केन्द्रीय समितिको बैठक सरेपछि शेखर समूहको बैठक पनि सर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 519
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर  समूहको बैठक फेरि स्थगित भएको छ ।

    २२ गतेलाई बोलाइएको केन्द्रीय कार्यसमतिको बैठक २८ गतेलाई सरेपछि इतर समूहको बैठक पनि सारिएको हो ।



    २८ गतेको केन्द्रीय कार्यसमिति बैठकअघि समूहको बैठक बस्ने एक कांग्रेस नेताले बताए ।



    बैठक बिहीबार १ बजे अनुपम फुडल्यान्डमा हुने तय थियो । आसन्न केन्द्रीय कार्यसमिति बैठकमा उठाउने एजेन्डाबारे छलफल गर्न बैठक बस्नेछ ।

    नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार