Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शेखर-गगन समूहको भेला आज, आगामी रणनीतिबारे छलफल हुने

    शेखर-गगन समूहको भेला आज, आगामी रणनीतिबारे छलफल हुने

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 615
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज बस्दै छ ।

    गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न संस्थापनइतर समूहले भेला बोलाएको हो ।



    बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने बताइएको छ । कार्यसमिति बैठक पुस २८ गते बस्ने तय भएको छ ।



    नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार