Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकार र डा. केसीबीच सहमति, २०औं अनशन तोड्ने तयारी

काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ ।

सरकारी वार्ता टोली र डा. केसी पक्षबीच शनिबार भएको वार्तामा डा. केसीले राखेका सात बुँदे मागमा साझा समझदारी भएपछि सहमति हुने भएको हो ।

सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने बताइएको छ । स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिन देखि डा. केसी आमरण अनसनमा छन् ।

डा केसीले भदौ २७ गतेबाट धनगढीमा अनसन सुरु गरेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनी चिकित्सकको सल्लाह बमोजिम तीन दिनअघि त्रिवि शिक्षण अस्पतालमा आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077