Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर पक्षद्वारा पार्टीमा विद्रोहको चेतावनी, समानुपातिक उम्मेदवारको सूची सच्याउन माग

काठमाडौं । पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।

शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नच्याएपछि पार्टी भित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका हुन् ।

सभामा बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुने गरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए। उनले समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवालाई दबाब दिए।

नेता घिमिरेले आफ्नो समूहका पदाधिकारीहरुलाई संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हेरर बस्ने काम नगर्नसचेत गराए। उनले भने, ‘म हाम्रै समूहका पदाधिकारीहरुलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु। नभए तपाईंहरुलाई पनि राम्रो हुने छैन। पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनुभएन भने पार्टीभित्र विद्रोह हुन्छ।’

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बनाउने क्रममा शेखर पक्षका नेताहरू नसमेटिएपछि उनीहरू पार्टी संस्थापन पक्षसँग थप बिच्किएका हुन् । उनीहरूले समानुपातिक सूची सच्याउन माग गरेका छन् । निर्वाचन आयोगले असोज १६ गतेसम्म बन्द सूची सच्याउने समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077