Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • न्यायाधीश–वकिल घुस प्रकरण : न त कारबाही न उन्मुक्ति नै

    न्यायाधीश–वकिल घुस प्रकरण : न त कारबाही न उन्मुक्ति नै

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 702
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र नेपाल बारका पूर्वकोषाध्यक्ष रुद्र पाखेरेलबीचको घुस लेनदेन अडियो प्रकरणमा छानबिन पूरा भए पनि ‘कारबाही र उन्मुक्ति दिने’ कुनै निर्णय हुन सकेको छैन ।

    ७ असार २०७९ मा न्यायाधीश कोइराला र अधिववक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई छुटाउने विषयमा ‘घुस डिल’ अडियो सार्वजनिक भएको थियो । सिभिल सहकारी र सिभिल होम्समा सर्वसाधारणको पैसा हिनामिना गरी जेल परेका तामाङलाई छुटाउने विषयमा दुई जनाबीच घुस डिल भएको हो ।



    ठगी मुद्दामा सिभिल सहकारी सञ्चालक व्यवसायी तामाङलाई धरौटीमा छुटाउन २ करोडको घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएलगतै बार काउन्सिलले स्पष्टीकरण दिन अधिवक्ता पोखरेललाई पत्र काटेको थियो ।



    तर, पोखरेल फरार भएपछि बारले थप अनुसन्धान गर्दै ‘तपाईंलाई कारबाही किन नगर्ने ?’ भनी प्रश्नसहितको जबाफ पठाउन भनेको थियो । फरार सूचीमा राखेर सार्जजनिक सूचना जारी गरेपछि पोखरेल आफैं सहभागी भएर बयान दिएका थिए । बयानसँगै अनुसन्धान सकिएको तीन महिना बित्दासमेत बार काउन्सिलले अझैसम्म कुनै निर्णय गर्न सकेको छैन ।

    महान्यायाधिवक्ता खम्बबहादुर खाती रहेको बार काउन्सिल अनुशासन समितिमा नेपाल बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ र रञ्जितभक्त प्रधानांग रहेका छन् । अनुशासन समितिले छानबिन पूरा गरे पनि बैठक बसेर ठोस निर्णय गर्न सकेको छैन । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार