Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गाली गरेको रिसमा विद्यार्थीले प्रिन्सिपलमाथि चलाए गोली

एजेन्सी । भारतको लखनउमा एक विद्यार्थीले कलेजका प्रिन्सिपलमाथि गोली प्रहार गरेका छन् ।

गाली गरेको रिसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले प्रिन्सिपल रामसिंह बर्मालाई शनिवार गोली प्रहार गरेका हुन् ।

लखनउको सीतापुरमा रहेको आदर्श इन्टर कलेजमा उक्त घटना भएको सदरपूर प्रहरी चौकीले जनाएको छ । गोली लागी घाइते भएका प्रिन्सिपललाई अस्पताल लगिएको छ।

उनको पेटमा गोली लागेको अस्पतालले जनायो। पेटमा गोली लागे पनि भित्रको कुनै भागमा क्षति नपुगको बताइएको छ। गोली प्रहार गर्ने विद्यार्थीको नाम खुलाइएको छैन।

गोली प्रहार गर्ने विद्यार्थी अहिले फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077