Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आपूर्ति असफल भएपछि पुटिनद्धारा जनरल बुल्गाकोभ बर्खास्त

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको लजिस्टिक व्यवस्थापन फितलो गरेको आरोपमा जनरललाई बर्खास्त गरेका छन् ।

उपरक्षा मन्त्री जनरल दिमित्री बुल्गाकोभलाई उनको भूमिकाबाट हटाइएको हो ।

जनरल बुल्गाकोभले सन् २००८ देखि सेनाको लजिस्टिक अपरेसन चलाउँदै आएका थिए । सन् २०१५ मा सिरियामा रुसी सेनाको तैनाथीपछि आपूर्ति गर्ने जिम्मेवारी उनी नै थिए ।

मन्त्रालयले ६७ वर्षीय बुल्गाकोभलाई नयाँ भूमिकामा सरुवा गरिएको जनाइएको छ । उनको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ हुनेछन्, जसले बन्दरगाह सहर मारिउपोलमा मस्कोको क्रुर घेराबन्दीको व्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077