Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आयोगको आचारसंहिताबारे प्रधानमन्त्रीलगायत दलहरुसँग छलफल सुरु

काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचनको लागि लागू गर्ने आचारसंहिताबारे निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ।

आयोगको कार्यालयमा भर्खरै सुरु भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत आयोगले निमन्त्रणा गरेका सवै राजनीतिक दलका नेता तथा पदाधिकारी उपस्थित भएका छन् ।

आइतबार निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्नका लागि बोलाएको थियो।

आचारसंहिता पालनामा दलहरूले हस्ताक्षर गर्ने छन् । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र बाहेक अरु क्षेत्रमा प्रचार प्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

निर्वाचन आयोगले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचनका कामहरुलाई सक्रियताका साथ अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077