Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १९ किलो चाँदीसहित एकजना भारतीय पक्राउ

    १९ किलो चाँदीसहित एकजना भारतीय पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 714
    SHARES

    धनुषा । धनुषामा करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

    जिल्लाको नगराईन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले ५० बर्षिय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।



    भारतबाट नेपालतर्फ आउदैं गरेका झालाई बिओपी जटहीले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उनलाई १९ के.जी. ४ सय १७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।



    पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार