Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इटालीले पाउँदैछ पहिलो महिला प्रधानमन्त्री

रोम । इटालीमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजय उन्मुख छ ।

योसँगै सो पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छिन् ।

निर्वाचनपछिको मत सर्वेक्षणहरूले उनको पार्टी विजयउन्मुख देखाएका हुन् ।

कन्सोर्जियो ओपिनियो इटालिया पुल फर राइको मत सर्वेक्षणअनुसार दक्षिणपन्थी गठबन्धनले ४१–४५ प्रतिशत र वाम गठबन्धनले २५–२९ प्रतिशत मत ल्याएको छ ।

सन् २०१८ को निर्वाचनमा उनको पार्टी ब्रोदर्स अफ इटालीले कुल मतको ४ दशमलब ३ प्रतिशत मत प्राप्त गरेको थियो ।

चार वर्षपछि उनको पार्टीले २२ दशमलब ५ देखि २६ दशमलव ५ प्रतिशत ल्याएर विजयी हुँदैछ ।

मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077