Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कैलालीबाट गाडीसहित १८ लाखको अवैध सामान बरामद

धनगढी । कैलालीबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १८ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलिले एक बोलेरो जीपसहित १८ लाख २२ हजार ९ सय ४० रुपैयाँ बराबारको सामान बरामद गरेको हो।

बोलेरो जिपमा भारतबाट ल्याइँदै गरेका किराना पसलका सामग्री, कम्प्युटर पार्ट्स, कपडाहरू बेवारिसे अवस्थामा भेटिएको जिपसहित बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वाटर कैलालीले जनाएको छ।

सशस्त्रले नियन्त्रणमा लिएको गाडीसहित किराना सामान, कम्प्युटर पार्टस, लेडिज कपडाहरु आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077