Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल एयरलाइन्सद्वारा अनलाइन टिकट बुकिङ शुरु

काठमाडौं । नेपाल वायुसेवा निगमले उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय उडानमा अनलाइनमार्फत टिकट बुकिङ शुरु गरेको छ ।

निगमले सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा अनलाइन बुकिङ इन्जिन’मार्फत टिकट बुकिङ सुरु गरेको हो ।

नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने भएको छ ।

निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ ।

निगमले लामो समयदेखि अनलाइन टिकेटिङ सेवा थाल्ने बताए पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077