Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता

काठमाडौं । कुमारी र एनसीसी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । दुई बैंकबीच सोमवार दिउँसो काठमाडौंको म्यारियट होटेलमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दुवै बैकबीच बराबरी हैसियतमा मर्जरमा जाने सम्झौता भएको छ । समझदारीपत्रअनुसार शेयर आदान–प्रदान (स्वाप) रेसियो १ बराबर १ रहेको छ ।

मर्जरमा जाने समझदारीपत्रमा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् । यी दुई बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077