Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता

    कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 717
    SHARES

    काठमाडौं । कुमारी र एनसीसी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । दुई बैंकबीच सोमवार दिउँसो काठमाडौंको म्यारियट होटेलमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    दुवै बैकबीच बराबरी हैसियतमा मर्जरमा जाने सम्झौता भएको छ । समझदारीपत्रअनुसार शेयर आदान–प्रदान (स्वाप) रेसियो १ बराबर १ रहेको छ ।



    मर्जरमा जाने समझदारीपत्रमा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।



    दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् । यी दुई बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार