Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मनास्लु हिउँ पहिरो अपडेट : दुई जनालाई उद्धार गरी काठमाडौं ल्याइयो

काठमाडौं । मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो जाँदा घाइते भएका दुई जनालाई उद्दार गरी काठमाडौं ल्याइएको छ ।

उनीहरूलाई कैलास एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । आज मध्यान्ह गएको पहिरोमा परेर १० जनाभन्दा बढी घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिउँ पहिरोमा परेकामध्ये २ जनाको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल प्रहरीको कोरोना अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

पहिरोमा परेका अरूको उद्धार गर्ने तयारी रहेको बताइएको छ । सामागाउँमा तीन वटा हेलिकप्टर राखेर दिउँसोदेखि नै उद्धारको प्रयास गरिएको थियो । मौसम प्रतिकूल भएकोले उद्धारमा समस्या भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077